२०८१ बैशाख २९ शनिबार

यूएईमा बनेको पहिलो हिन्दू मन्दिरको मोदीले गरे उदघाटन

काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा स्थापना भएको हिन्दूहरुको पहिलो मन्दिर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका छन् ।

उक्त मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । बीबीसीका अनुसार करीब ११ हेक्टर जग्गामा ७ सय करोड भारु खर्च गरेर मन्दिर बनाइएको हो । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ ।

मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ । बीएपीएसले सो मन्दिर सदभावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।

मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थानलगायत सुविधा पनि छन् । साथै, विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् । अनलाइन खबर

२०८० फाल्गुन ३, बिहीबार प्रकाशित 0 Minutes 120 Views

ताजा समाचार