२०८३ जेष्ठ २१ बिहीबार

घरजग्गा कारोबार माघमा चालु आर्थिक वर्षकै उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ ।

भूमि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार ९२१ भन्दा बढी लिखत पारित भएको छ । पुस महिनामा ४५ हजार २७५ लिखत पारित भएको थियो । कारोबारसँगै राजस्व पनि बढेको छ ।

घरजग्गा कारोबारमार्फत सरकारले माघमा तीन अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व संकलन भएको छ । पुस महिनामा तीन अर्ब २० करोड ५२ लाख १३ हजार ५३० रुपैयाँ राजस्व संकलन भएको थियो ।

२०८० फाल्गुन २, बुधबार प्रकाशित 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।