२०८२ बैशाख २७ शनिबार

प्रहरी उपरीक्षकको सरुवा : झापामा मिलन केसी आउँदै

झापा । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व प्रहरी उपरीक्षक मिलन केसीले सम्हाल्ने भएका छन् ।

उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाबाट सरुवा भइ झापा आउन लागेका हुन् । झापाका एसपी दुर्गाराज रेग्मीको बाग्मती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।

२०८० फाल्गुन २, बुधबार प्रकाशित 0 Minutes 312 Views

ताजा समाचार