२०८१ जेष्ठ ५ शनिबार

आज श्रीपञ्चमी पर्व : बालबालिकालाई अक्षरारम्भ गराइँदै

काठमाडौं । बुधवार श्रीपञ्चमी पर्व परेकाले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत मन्दिरहरूमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड छ । आजकै दिन बालबालिकाहरूलाई अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ ।

त्यसैले अभिभावकहरू आफ्ना बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । उनीहरूले बालबालिकालाई मन्दिरका भित्तामा लेख्न सिकाएर अक्षरारम्भ गरेका छन् ।

आजको दिन बालबालिका मात्र नभएर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरू गर्ने गर्छन् ।

स्वयम्भूमा पनि बालबालिका मात्र नभइ ज्येष्ठ नागरिक पनि अक्षरारम्भ गरिरहेका छन् । यसदिन विद्यालय र कलेजहरूमा पनि सरस्वतीको पूजाअर्चना हुनेगर्छ ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सेतोपाटी

२०८० फाल्गुन २, बुधबार प्रकाशित 0 Minutes 76 Views

ताजा समाचार