२०८० फाल्गुन १८ शुक्रबार

काँकरभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जना पक्राउ

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीले पक्राउ गरेको छ । बिना कागजात अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पश्चिम अफ्रिका सेनेगल निवासी अब्दुल्ला आबुबकर र भारतीय युवक विहार राज्यका मुकेश ठाकुरलाई नक्सलबारीको लालीजोत सीमामा तैनाथ एसएसबी टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

सेनेगलका आबुबकर विदेशी फुटबल खेलाडी हुन् । उनलाई भारतीय युवक ठाकुरले मोटरसाइकलमा हालेर भारत पु¥याएका थिए । सन् २०१९ मै नेपालको भिजा सकिए पनि आबुबकर नेपालमा बसेर फुटबल खेल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विदेशी फुटबलरलाई सीमा पार गराउने आरोपमा ठाकुरलाई पनि एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ । एसएसबीले पक्राउ परेका दुवै जनालाई नक्सलबारी प्रहरीलाई बुझाइसकेको छ । प्रहरीले दुवै जनालाई सिलगुडी जिल्ला अदालतमा पेस गरिसकेको छ ।

यता पक्राउ परेका  विदेशी फुटबलर आबुबकर नेपालका क्लबहरूबाट अफिसियल खेल नखेलेको पाइएको छ । आबुबकर नेपालमा बसेर अफिसियल बाहेकका खेलहरू खेलेको हुन सक्ने बुझिएको छ ।

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 0 Minutes 313 Views

ताजा समाचार