२०८१ जेष्ठ ५ शनिबार

रुविना नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी

१ फागुन, झापा । प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् ।

उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन ८२ रन थियो ।

२०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै कुनैपनि नेपाली महिला क्रिकेटरले बनाएको उच्च योगफल थियो ।

नेपालले १८ ओभरमा १९१ रन बनाउन ४ विकेट गुमाएको छ । रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित १०२ रनमा क्रिजमा छिन् ।

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 0 Minutes 73 Views

ताजा समाचार