२०८१ असार ४ सोमबार

शंकास्पद भनिएको प्रेसर कुकरमा साबुनका डल्ला

विराटनगर । विराटनगर -३ मा भेटिएको शंकास्पद वस्तुमा साबुनका डल्ला भेटिएका छन् ।

कालोटेपले बेरिएको अवस्थामा भेटिएको प्रेसर कुकरलाई डिस्पोज गर्न  नेपाली सेनाद्वारा डिस्पोजल टोली खटाएको थियो । मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज (मंगलबार) डिस्पोज गरिएको हो ।

शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

भुपि मार्गमा भेटिएको कालोटेपले बाँधिएको प्रेसर कुकर भित्र ३ थान  डेटुनेटर ,सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरू फेला परेको हो।थाहा खबरबाट

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 1 Minute 116 Views

ताजा समाचार