२०८३ जेष्ठ २९ शुक्रबार

विराटनगरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला, दुईजना पक्राउ

विराटनगरमा शङ्कास्पद वस्तु फेला परेको छ। विराटनगर महानगरपालिका–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा बमजस्तो देखिने वस्तु फेला परेको हो।

आँपको रुख र एउटा घरको बीचमा हिजो साँझ उक्त वस्तु फेला परेको थियो। घटनास्थललाई प्रहरीले रातभर सुरक्षा दिएको थियो। घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ।

शङ्कास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ। सेनाको टोलीसँग समन्वय गरेर डिस्पोजको तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिए। सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उनले बताए।

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शङ्कास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

२०८० फाल्गुन १, मंगलवार प्रकाशित 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।