२०८० फाल्गुन २० आईतवार

विद्यार्थी र पैदल यात्रुको सडक सुरक्षालाई मध्यनजर गर्दै इटाभट्टामा जेब्रा क्रसिङ

मेचीनगर । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा र अस्थायी प्रहरी पोष्ट इटाभट्टाले मेचीनगर-७ स्थित इटाभट्टामा पर्ने पूर्व-पश्चिम राजमार्गमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।

विद्यार्थी र पैदल यात्रुलाई सडक वारपार गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले इटाँभट्टा चोकमा जेब्रा क्रसिङ बनाएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इन्चार्ज मनमोहन पौडेलले बताए ।

अस्थायी प्रहरी पोस्ट इटाभट्टा, जनप्रतिनिधि, बजार व्यवस्थापन समिति, सामाजिक संघ संस्था र स्थानीय युवाहरुको सहकार्यमा विद्यार्थी र पैदल यात्रुहरुको लागि सहज बनाउन जेब्रा क्रसिङ बनाइएको हो ।

जेब्रा क्रसिङ निर्माण पश्चात् ट्राफिक प्रहरीले स्थानीयहरुलाई जेब्रा क्रसिङ कसरी पार गर्ने बारेमा जानकारीसमेत दिएको थियो ।

२०८० माघ २७, शनिबार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार