२०८३ जेष्ठ २९ शुक्रबार

पूर्व मेची बस व्यवसायी प्रालिको अध्यक्षमा राजेन्द्र रिजाल

काँकरभिट्टा । पूर्व मेची बस व्यवसायी प्रालिको चौथो वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका उनी ४ वर्षे कार्यकालका लागि निर्विरोध अध्यक्ष बनेका हुन् । निर्वाचन समितिका संयोजक मोहनप्रकाश उप्रेतीका अनुसार सदस्य पदका लागि भने आज मतदान सम्पन्न भइ मतगणना भइरहेको छ ।

१० सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी परेपछि उक्त पदमा मतदान भएको हो । प्रालिको शुक्रवार वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

२०८० माघ २७, शनिबार प्रकाशित 0 Minutes 1047 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।