२०८१ जेष्ठ ५ शनिबार

एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुके अनिल

काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् ।

क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएका छन् । उनी बिसौं बलमा भने आउट हुन पुगे । अनिल विश्व कीर्तिमान बनाउनबाट भने चुकेका छन् ।

ओडीआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् । अनिल १३ बलमा ७ चौका र २ छक्कासहित ४३ रनमा खेलेका थिए ।

तर, छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन् । नेपालका लागि भने कीर्तिमान बनाएका छन् । १९ बलमा अर्धशतक नेपालबाट भने सर्वाधिक छिटो ओडीआई अर्धशतक हो ।

उनले आसिफ शेखको २१ बलमा गतवर्ष पपुवा न्युगिनीविरुद्ध बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन् । अनिल २० बलमा ७ चौका र ३ छक्कासहित ५० रनमा आउट भए । २०२२ मार्चपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् ।

प्रधानमन्त्री कपमा मधेश प्रदेशबाट ९ खेलमा ३८६ रन बनाउँदै उत्कृष्ट ब्याटरका साथ नेपाली टोलीमा फर्किएका थिए । आज उनलाई कुशल भुर्तेललाई विश्राम दिँदै मौका दिइएको थियो । अनलाइन खबर

 

२०८० माघ २७, शनिबार प्रकाशित 1 Minute 99 Views

ताजा समाचार