
काठमाडौं । क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले पहिलो विकेट लिएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालका लागि आकाश चन्दले विकेटको खडेरी तोडे ।
उनले १८.२ ओभरमा क्यानडाका नवनीत धलिवललाई आशिफ शेखबाट क्याच आउट गराए । आकाश चन्दले आजको खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए । आइसिसी यू–१९ विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि चन्द सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

उनलाई ललित राजवंशीको स्थानमा खेलाइएको हो । उनको बलिङमा ४६ रन बनाएर खेलिरहेका धलिवल आउट भएका हुन् । उनको विकेटपछि पर्गत सिंह ब्याटिङमा आएका छन् । १९ ओभरको खेल चलिरहँदा क्यानडाले एक सय रन बनाएको छ ।
आजको खेल जित्न सके नेपालले क्यानडाविरूद्धको सिरिज जित्नेछ । सेतोपाटी