२०८१ जेष्ठ ५ शनिबार

एसीसी महिला प्रिमियर कप खेल्ने टोलीको बिदाइ

काठमाडौँ : एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाई गरिएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको हो।

उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले बिदाइ गरेका हुन्। मलेशियामा हुने खेलमा नेपालसहित आयोजक मलेशिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्याण्ड, इण्डोनेशिया, हङकङ, चीन, म्यान्मा, भूटान, बहराइन, कुवेत‚ ओमन‚ सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जनाउने छन्।

प्रतियोगिता यही माघ २७ गतेदेखि फागुन ६ गते (फेब्रुअरी १० देखि १८) सम्म मलेशियामा हुँदै छ। प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिनेछ।

प्रत्येक समूहका शीर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसीसी महिला एशिया कपका लागि छनोट हुने छन्।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा बिष्ट, खुशी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पूजा महतो, कविता कुँवर

२०८० माघ २५, बिहीबार प्रकाशित 0 Minutes 111 Views

ताजा समाचार