२०८१ बैशाख १७ सोमबार

छिटै आउनसक्छ एक्सको सुपर एप, एलन मस्कले गरे यस्तो संकेत

२५ माघ, काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ ।

लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् ।

उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए । यो अहिलेसम्म नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनको भनाइ छ ।

सम्मेलनमा विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने अर्थमन्त्री डा. महतले बताए । त्यो अगाडि अप्रिल २८–२९ (१६–१७ वैशाख) मा नेपालमा लगानी सम्मेलन हुँदैछ ।

लगानी सम्मेलनलाई उपलब्धिमूलक बनाउन सके नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी समेत बढ्ने सम्भावना रहेको उनले बताए ।

बैठकमा अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको समेत बताए । उनले गम्भीर भएर परियोजनाको तयारी गर्न समेत निर्देशन दिए ।

‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने ।

लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउन लगानी सम्मेलनको प्रमुख ध्येय रहेको अर्थमन्त्री महतको भनाइ थियो ।अनलाइन खबरबाट

२०८० माघ २५, बिहीबार प्रकाशित 0 Minutes 89 Views

ताजा समाचार