२०८१ जेष्ठ ५ शनिबार

दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट आइएल टि-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट यूएईको आइएल टि-२० प्रतियोगिता खेल्ने भएका छन् ।

दीपेन्द्रलाई क्यानडा सिरिजमा विश्राम दिएसँगै उनले गल्फ जायन्टबाट खेल्ने भएका हुन् । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।

क्यानका अनुसार गल्फ जायन्टले उनलाई नजिकबाट हेरिरहेको र उनको प्रदर्शनबाट प्रभावित भएर अनुबन्ध गरेको बताएको छ । क्यानले दीपेन्द्रलाई सफलताको शुभकामना दिएको छ ।

दीपेन्द्रले पनि अवसरको सक्दो सदुपयोग गर्ने बताए । उनले भने, ‘म गल्फ जायन्टको हिस्सा हुन पाउँदा खुसी छु । यो मेरो लागि राम्रो अवसर हो र टोलीको लागि सक्दो योगदान गर्ने प्रयास गर्नेछु । मेरो क्षमतामा विश्वास गरेकोमा टोलीलाई धन्यवाद ।’

गल्फ जायन्टले अब लिगमा २ खेल खेल्न बाँकी छ । आज एमआइ इमिरेट्ससँग खेलेपछि शनिबार अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ । तेस्रो स्थानमा रहेको टोलीको ८ खेलमा ८ अंक छ । शीर्ष ४ टोलीले प्लेअफ यात्रा तय गर्नेछन् ।

२०८० माघ २५, बिहीबार प्रकाशित 1 Minute 101 Views

ताजा समाचार