२०८३ जेष्ठ २९ शुक्रबार

सुत्केरीको पेटभित्र कपडा

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो ।

सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि
दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो ।

भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । याे खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

२०८० माघ २५, बिहीबार प्रकाशित 0 Minutes 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।