२०८१ बैशाख १४ शुक्रबार

आम्दा मेची अस्पतालमा अनेरास्ववियूको वृक्षारोपण

बिश्वास दाहाल धुलाबारी । आम्दा मेची अस्पताल धुलाबारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) काँकरभिट्टा बहुमुखी क्याम्पसको सहकार्यमा आम्दा मेची अस्पतालको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रमको समुद्घाटन (नेकपा एस) अनेरास्ववियू केन्द्रिय महाउपसचिव मिलन राई तथा आम्दा मेची अस्पताल धुलाबारीका व्यवस्थापक तारा थापाले संयुक्त रुपमा बिरुवा रोपेर गरेका थिए ।

समाज रुपान्तरणका लागी विद्यार्थीले सामाजिक कार्यमा योगदान गर्न जरुरी रहको नेकपा एस अनेरास्वयू काँकरभिट्टा बहुमुखी क्याम्पस अध्यक्ष बिनम सरदारले बताए ।

पर्यावरणलाई दृष्टिगत गरी अति महत्वपूर्ण बहुवर्षिय उन्नत जातका फूलहरु रोप्ने कार्य सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का झापा सचिव बिपि भट्टराई, (नेकपा एस)अनेरास्ववियू केन्द्रिय महाउपसचिव मिलन राई, आम्दा मेची अस्पताल धुलाबारीका व्यवस्थापक तारा थापा, (नेकपा एस) अनेरास्ववियू झापा अध्यक्ष हरि भट्टराई, (नेकपा एस) अनेरास्ववियू झापा उपाध्यक्ष बिनम सरदार, सह सचिव अनुसा अर्याल, (नेकपा एस) अनेरास्ववियू काँकरभिट्टा मावि कमिटी अध्यक्ष राजिव राजवंशी, विद्यार्थी शैलेश निरौला, गरिमा दाहाल, सुरज राजवंशी, श्याम तिम्सिना, श्रृजना ढुंगाना, अल्सा ढकाल, मानव ढुङ्गेल, हरि कट्टेल, सुमन खड्का, गंगा बस्नेतलगायतको सहभागिता रहेको थियो ।

(नेकपा एस) अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पस अध्यक्ष बिनम सरदारको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन अनुसा अर्यालले गरेको थिइन् ।

 

२०७९ माघ २, सोमबार प्रकाशित 1 Minute 398 Views

ताजा समाचार