२०८२ बैशाख २७ शनिबार

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपालगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ । शीर्ष नेताहरुको बैठकपछि मुख्यमन्त्रीहरुसँग छलफलको कार्यक्रम तय भएको छ । अनलाइन खबर

२०८० माघ २५, बिहीबार प्रकाशित 0 Minutes 164 Views

ताजा समाचार