२०८१ जेष्ठ ५ शनिबार

भगवानले लिए नेपालको पहिलो विकेट

काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन् । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ३२ बलमा ६ चौका र १ छक्कासहित ३६ रनमा क्रिजमा छन् ।

रोहित पौडेल ५ रनमा क्रिजमा छन् । नेपालले आजको खेलमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्यू दिएको छ । बेन्चमा अनिल शाह, आकाश चन्द, हेमन्त धामी र देव खनाल छन् । अनलाइन खबर

२०८० माघ २५, बिहीबार प्रकाशित 0 Minutes 77 Views

ताजा समाचार