२०८१ जेष्ठ ६ आईतवार

कोशी प्रदेश नामाङ्कन विवाद: पहिचानवादीद्वारा सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन

काठमाडौं- प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा पहिचानसहितको प्रदेश १ पुनः नामङ्कन अभियानका अध्यक्ष डकेन्द्र सिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्दबहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई छन् ।

त्यसैगरी, समितिमा नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, नेकपा (एस) – लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी सम्बद्ध किराती राष्ट्रि मुक्ति मोर्चाका महासचिव अर्जन जम्नेली राई, जपसा – लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रकुमार चौधरी रहेका छन् । खबरहबबाट

२०८० माघ २४, बुधबार प्रकाशित 1 Minute 104 Views

ताजा समाचार