२०८२ बैशाख १६ मंगलवार

विदेशिने खेलाडी बढ्दै, ४ जना सँगै उडे अष्ट्रेलिया

काठमाडौं । नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ ।

राष्ट्रिय टीमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङ्देम्बे, सिमान्त थापा र अनिश देउला मंगलवार अष्ट्रेलिया प्रस्थान गरेका हुन् । नेपालको घरेलु लिग नियमित नहुँदा फुटबलरहरु विदेशिने क्रम बढिरहेको छ ।

पछिल्लो दुई वर्षमै राष्ट्रिय टीमबाट खेलिसकेका अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलियालगायतका देश बनेको छ । त्यसमा अहिले आशा बोकेका चार युवा खेलाडी थपिएका छन् । आशिष, सेसेहाङ र सिमान्तले राष्ट्रिय टीमबाटै खेलिसकेका छन् भने अनिश राष्ट्रिय टीममा परे पनि खेल्न बाँकी थियो ।

चार खेलाडी अष्ट्रेलिया लागेपछि नेपाली टीमका कप्तान किरणकुमार लिम्बूले नेपालले चार क्षमतावान खेलाडीलाई गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । अनलाइन खबर

२०८० माघ २४, बुधबार प्रकाशित 0 Minutes 191 Views

ताजा समाचार