२०८१ बैशाख १७ सोमबार

चलायमान हुँदै गरेको अर्थतन्त्र सिस्टममा ल्याउन दुई वर्ष लाग्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको बताएका छन् ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सव कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए ।

‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ मन्त्री महतले भने, ‘किनकी हिजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला–ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिंदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए । अनलाइन खबर

 

२०८० माघ २४, बुधबार प्रकाशित 1 Minute 59 Views

ताजा समाचार