२०८३ जेष्ठ २९ शुक्रबार

संघीयता मास्न षड्यन्त्र गर्नेलाई कारबाही गर्न दलहरुको माग

जनकपुरधाम । संघीयता मास्ने र राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको भन्दै जनकपुरमा राजनीतिक दलहरुले सरकार र प्रशासनीक निकायहरुको ध्यानाकर्षण गराएका छन् ।

जनकपुरमा बसेको संयुक्त बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै लामो संघर्ष र बलिदानपश्चात प्राप्त गणतन्त्र, लोकतन्त्र र संघीयता मास्न षड्यन्त्र भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा तमलोपाका नेता वृषेश चन्द्र लाल, डा.विजय कुमार सिंह, नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद रामसरोज यादव, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र पण्डित, शितल झा, माओवादी केन्द्रका श्रीनारायण प्रतिहस्त, नेकपा एमालेका सन्तोष यादव, कम्युनिष्ट नेतासमेत रहेका साहित्यकार रोशन जनकपुरीलगायतले हस्ताक्षर गरेका छन् । अनलाइन खबर

२०८० माघ २४, बुधबार प्रकाशित 0 Minutes 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।