२०८१ मंसिर २५ मंगलवार

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर भएकाे सर्वोच्चको घोषणा

सर्वोच्च अदालतले फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलवार साँझ सूचना जारी गर्दै सर्वोच्चले यस्तो घोषणा गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते ‘जनयुद्ध’को नाममा सशस्त्र युद्ध शुरू गरेको थियो ।  अहिले उनै प्रचण्ड प्रधानमन्त्री छन् ।

उनले गत वर्षको माघ २९ गते मन्त्रिपरिषद्बाट निर्णय गराएर फागुन १ गते बिदा दिएका थिए । अहिले सर्वोच्चले त्यसैलाई उल्टाएको हो ।

‘सरकारको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा यसै वर्षको फागुन १ गतेको सार्वजनिक बिदा बदर भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसको नाममा बिदा दिएको भन्दै सर्वत्र विरोध हुँदै आएको थियो । सर्वोच्चले पनि बिदा दिनु उचित नभएको घुमाउरो पारामा स्पष्ट पारेको छ ।

null

२०८० माघ २३, मंगलवार प्रकाशित 0 Minutes 347 Views

ताजा समाचार