२०८० फाल्गुन १४ सोमबार

नेपालीहरूलाई विना शर्त नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले सोमवार दिउँसो प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

प्रदर्शनमा उनीहरूले रसियाः स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वार: नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वार:गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गसलगायतका प्लेकार्डहरु देखाएका थिए । अनलाइन खबर

२०८० माघ २२, सोमबार प्रकाशित 0 Minutes 56 Views

ताजा समाचार