२०८१ बैशाख २४ सोमबार

संसदमा उपस्थित सांसदहरूको विवरण सार्वजनिक गरिने

काठमाडौं : संसद बैठकमा उपस्थित सांसदहरूको विवरण सार्वजनिक हुने भएको छ। आजदेखि सुरु हुने तेस्रो अधिवेशनमा उपस्थित सांसदहरूको विवरण संसद सचिवालयको वेवसाइटमार्फत् सार्वजनिक हुने भएको हो।

यसअघिको अधिवेशनमा एउटामात्रै विधेयक पारित भएको विषयमा प्रश्नहरू उठेको भन्दै सभामुख देवराज घिमिरेले सांसदरहुो उपस्थित वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए। त्यस्तै बैठकको कार्यतालिका समेत लागू गरिने उनले बताए।

‘प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरूको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु। गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन्। आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिनेगरी परिणामुखी बनाउन अपील गर्दछु,’ कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, ‘हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शीरूपमा सार्वजनिक गरौं। माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो।’अन्नपुर्ण पोष्टबाट

२०८० माघ २२, सोमबार प्रकाशित 1 Minute 63 Views

ताजा समाचार