२०८१ बैशाख २२ शनिबार

रास्वपाको ‘राष्ट्रव्यापी दबाव अभियान’ आइतवारदेखि

काठमाडौं । आइतवारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाव अभियान’ सुरु हुने भएको छ ।

अभियान २१ चैतसम्म चल्नेछ । यसअघि नै २१ माघदेखि अभियान सुरु गर्ने तय गरे पनि रास्वपाले अवधिको टुंगो लगाइसकेको थिएन । २१ चैतसम्म तय भएको अभियान पहिलो चरणको हो ।

रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाव अभियानको शुभारम्भ सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले गर्दैछन् ।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाव यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाव यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।

सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाव यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजनामा दबाव दिइने रास्वपाले जनाएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ । कोशी अनलाइन

२०८० माघ २०, शनिबार प्रकाशित 0 Minutes 62 Views

ताजा समाचार