
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले खेलकूदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् ।
शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेलकूदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताए ।

उनले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने समेत बताए । उनले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनले खेलकूदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने बताए ।
खेलकूदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताए । नेता कोइरालाले अध्ययन जत्तिकै खेलकूद पनि महत्वपूर्ण रहेको बताए । अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरुले पहल गर्ने बताए । रातोपाटी