२०८१ बैशाख २३ आईतवार

गठबन्धनको काम सत्तामा टिकिरहने मात्रै भयो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् ।

शनिवार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् ।

‘सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति’, उनले भने । अनलाइन खबर

 

२०८० माघ २०, शनिबार प्रकाशित 1 Minute 63 Views

ताजा समाचार