२०८१ बैशाख १७ सोमबार

साताको सेयर बजार : परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकको गिरावट आएको छ ।

सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा परिसूचक १७ अंकको गिरावटसँगै बन्द भएको हो । यो साता आइतवार, सोमवार र मंगलवार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीवार परिसूचक घटेसँगै १७ अंकले ऋणात्मक भएर बन्द भएको हो ।

गत साताको बिहीवार नेप्से परिसूचक २०८४ अंकमा थियो । आइतवार र सोमवार समान १०/१० अंकले बढेको नेप्से सूचक मंगलवार १४ अंकले बढेको थियो । तर, बुधवार २१ र बिहीवार ३० अंकले घटेर यो साता परिसूचक २०६७ अंकमा आइपुगेको हो ।

५ दिन कारोबार भएको नेप्सेमा यो साता २६ अर्ब रुपैयाँको कारोबार भएको छ । गत साता २३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो । यो साताको तुलनामा गत साता २ अर्ब ६ करोड कम कारोबार भएको थियो ।

परिसूचक घटेसँगै नेप्से पूँजीकरण समेत घटेको छ । यो साता नेप्सेको कूल बजार पूँजीकरण २४ अर्बले घटेको हो । यससँगै, नेप्से पुँजीकरण ३२ खर्ब ७३ अर्ब रुपैयाँबाट ३२ खर्ब ४८ अर्ब रुपैयाँमा आइपुगेको छ । रातोपाटी

२०८० माघ २०, शनिबार प्रकाशित 0 Minutes 53 Views

ताजा समाचार