दरबार मार्गको क्यासिनो प्यालेसबाट १ करोडसहित ९ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले १ करोड रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीका अनुसार क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली नागरिक छन् ।

आरोपीहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खत्रीले बताए । रातोपाटी

२०८० माघ १९, शुक्रबार प्रकाशित 0 Minutes 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/