दाङ र कैलालीमा आगोले जलेर २ महिलाको मृत्यु

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई जना महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर मृत्यु भएको हो । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको र चौधरीको मृत्यु भएको हो ।

यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  कुलदीप चन्दका अनुसार ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको बिहीवार मृत्यु भएको हो ।

उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा एक हप्तासम्म राखेर उपचार गरिएको थियो तर बिहीबार न्यौपानेको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइन खबर

२०८० माघ १९, शुक्रबार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/