२०८१ भाद्र २७ बिहीबार

मेचीनगर लेडी जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तर्गत सचिवालयमा झण्डोत्तोलन

मेचीनगर । मेचीनगर लेडी जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तर्गत आज बिहिबार झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर-१० धुलाबारीमा रहेको मेचीनगर लेडी जेसीजको सचिवालयमा नेपालको राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनालले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरेका थिए ।

मेचीनगर लेडी जेसीजकि अध्यक्ष पवित्रा विमली प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खनाल, बिशिष्ट अतिथि धुलाबारी जेसीजका पुर्व अध्यक्ष तेजप्रसाद चौलागाई, रेडियो मन्त्रका निर्देशक ज्ञानेन्द्र निरौला, मेचीनगर लेडी जेसीजका पुर्व अध्यक्ष टिका सुवेदी, धुलाबारी जुनियर जेसीजका अध्यक्ष बिष्णु चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष सकुन्तला खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा लेडी जेसीजका पुर्व अध्यक्षहरु शुशिला खतिवडा र उषा श्रेष्ठ, संस्थापक सल्लाहाकार लक्ष्मी राई सहित मेचीनगर लेडी जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष सुनिता कोईरालाले जेसीज आस्था वाचन गर्नु भएको कार्यक्रमको संचालन महासचिव रेजिना श्रेष्ठले गरेका थिए ।

२०८० माघ १८, बिहीबार प्रकाशित 1 Minute 179 Views

ताजा समाचार