२०८२ बैशाख १६ मंगलवार

चर्च ब्वाइजलाई हराउँदै आर्मी आहारारा गोल्डकपको फाइनलमा

पोखरा । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । यसअघि दुवै टीमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।

६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए । आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । अनलाइन खबर

२०८० माघ १८, बिहीबार प्रकाशित 1 Minute 301 Views

ताजा समाचार