
पोखरा । आहारारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।
२३औं संस्करणको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भूटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २-१ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भूटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो ।

भूटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।
थ्री स्टारको कप्तानमा योगेश गुरुङ छन् । क्लबकै पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा प्रतिस्पर्धामा होमिएको टीममा विराज महर्जन्, आशिष चापागाईं, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराललगायत छन् । सहारासँगको खेलमा महर्जन भने बेञ्जमा थिए ।
त्यस्तै, आमन्त्रित क्लब पारो एफसीले आहाराराको नवप्रवेशी क्लब हो । पुष्पलाल शर्माको प्रशिक्षणमा मैदान उत्रिन लागेको हो । आजको खेल जित्ने टीम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । अनलाइन खबर