२०८१ जेष्ठ ५ शनिबार

यू-१९ का स्पिनर सुवासलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौं । नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् ।

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीका कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो ।

त्यसैको कारण आईसीसीको आचारसंहिता २.९ अनुसार उनी कारबाहीमा परेका हुन् । एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले अब भारत र बंगलादेशसँग खेल्नेछ । अनलाइन खबर

२०८० माघ १३, शनिबार प्रकाशित 1 Minute 119 Views

ताजा समाचार