२०८१ बैशाख १७ सोमबार

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको ६९.९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।

यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए ।

यस्तै, आव २०७८/७९ मा दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार सङ्कलन भएको थियो ।

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार सङ्कलन गरिएको थियो ।

अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् ।

‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ’, उनले भने । नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए ।

खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ । अनलाइन खबर

 

२०८० माघ १३, शनिबार प्रकाशित 1 Minute 93 Views

ताजा समाचार