२०८१ बैशाख १३ बिहीबार

निजामती कर्मचारी संगठन झापा अध्यक्षमा रामचन्द्र

झापा । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को झापा अध्यक्षमा रामचन्द्र बस्नेत चयन भएका छन् । कन्काईस्थित पर्यटकीय स्थल धनुषकोटीमा शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि बस्नेतको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्षमा रणबहादुर पौडेल, सचिवमा रमेश पाण्डे, सह-सचिवमा प्रमोदहाङ आङ्बो, कोषाध्यक्षमा निर्मला सिग्देल रहेका छन् ।

त्यसैगरी, सदस्यमा कमलप्रसाद भट्टराई, प्रेमकुमारी पौडेल, सागर खड्का, विरेन्द्र पौडेल, रवीनकुमार राजवंशी, तारा न्यौपाने, उपेन्द्र दाहाल, स्मिता खड्का भण्डारी, नरवीर लिम्बू, हेमलाल न्यौपाने, नारायण गौतम, दिव्या ओली, उपेन्द्रप्रसाद शाह, अजयकुमार यादव, रामकृपाल अधिकारी र वुद्धि बोहरा चयन भएका छन् ।

साथै सोही अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा यदुनन्दन दाहाल, गणेश पाण्डे र शिवप्रसाद चौधरी चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधितर्फ माधव बास्कोटा, अम्मर राई, देवेन्द्र चापागाईं, मातृका चापागाईं, प्रेमप्रसाद न्यौपाने, राम अधकिारी र विश्वनााथ सुवेदी चयन भएका छन् ।

प्रदेश १ का पूर्व कृषि मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, अतिथि झापा जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्र बस्नेत, कर्मचारी संगठन प्रदेश १ संयोजक रूद्र सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

अधिवेशन आयोजक समिति संयोजक तेजबहादुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष यदुनन्दन दाहाल र संचालन सचिव प्रेम न्यौपानेले गरेका थिए ।

समितिले जिल्लामा कर्मचारीको पेशागत हकहित र अधिकारको वकालत गर्ने तथा कर्मचारी संगठनलाई मूल संगठनको रुपमा अघि बढाउने नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए । अध्यक्षमा निर्वाचित बस्नेत जिल्ला अदालत झापाका अधिकृत हुन् ।

२०७९ पुष ३०, शनिबार प्रकाशित 1 Minute 549 Views

ताजा समाचार