२०८१ बैशाख १४ शुक्रबार

अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा समदर्शी

अर्जुनधारा प्रेस क्लबको आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा रमेश समदर्शी चयन भएका छन् ।

क्लबको शनिबार सम्पन्न प्रथम साधारण सभाबाट यस अघि उपाध्यक्ष रहेका समदर्शी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी क्लबको उपाध्यक्षमा प्रेमकुमार आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी र कोषाध्यक्षमा पुष्पा जवेगु लिम्बू चयन भएका छन् । त्यस्तै क्लबको सदस्यहरुमा तिलक योञ्जन, दिपक ढुंगाना, पुरुषोत्तम पौडेल, मनिता योञ्जन, विष्णु श्रेष्ठ र सुजता ढुंगाना चयन भएका छन् ।

सोही सभाले राजन साम्पाङको संयोजकत्वमा अनिता विष्ट र गणेश थापा सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा–८ वडा समितिका अध्यक्ष कुमारप्रसाद उप्रेती, सल्लाहकार समितिका संयोजक दिपीन राई, क्लबका सल्लाहकार एवम् जग्गादाता कृष्ण बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष समदर्शीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रेमकुमार आचार्यले गरेका थिए ।

२०७९ पुष ३०, शनिबार प्रकाशित 0 Minutes 304 Views

ताजा समाचार