२०८१ जेष्ठ ५ शनिबार

राम मन्दिरमा एकैदिन उठ्यो ३ करोड १७ लाख भेटी

भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा एकैदिन ३ करोडभन्दा बढी रुपैयाँ संकलन भएको छ। मन्दिरको प्राण प्रतिष्ठा गरेको भोलिपल्ट मंगलबार ३ करोड १७ लाख रुपैयाँ भेटी संकलन भएको हो।

उक्त दिन २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अनिल मिश्रले मन्दिरको प्राण प्रतिष्ठापछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ दान प्राप्त भएको बीबीसीलाई बताएका छन्।

बुधबार राति १० बजेसम्म २ लाख ५ हजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका थिए। प्राण प्रतिष्ठा गरेको दिन सोमबार ५ लाख बढी भक्तजनले मन्दिरको दर्शन गरेको बताइएको छ।

२०८० माघ ११, बिहीबार प्रकाशित 0 Minutes 132 Views

ताजा समाचार