२०८१ कार्तिक २० मंगलवार

झापा दुवागढीका किसानको आकर्षण तोरी खेतीमा, कम लागतमा राम्रो आम्दानी किन नगर्ने तोरी खेती ?

मुक्ति पौडेल
मेचीनगर—झापाको मेचीनगर नगरपालिका दुवागढीकाकिसान व्यावसायिक तोरी खेतीमा आकर्षित भएका छन्। अन्य बाली भन्दा कम लागत, र जनशक्ति संगै राम्रो आम्दानी हुने भए पछि उनीहरुको आकषर्ण तोरी खेतीमा बढेको हो।                मेचीनगर १४ दुवागढीका मनोज खड्काले करिव ५ बिघा जग्गामा तोरी खेती लगाएका छन्। खड्काले भने—प्रत्येक बर्ष हिउदको सिजनमा करिब तोरी बिक्रीबाट ५ लाख आम्दानी गर्दै आएको छु । खड्काका अनुसार आवाश्यक मल, बीउ, प्राविधिक र उपकरण स्थानिय मेची कृषक सहकारीले उपलब्ध गराउदै आएको छ भने उत्पादन गरेको तोरी उच्चित मुल्यामा संस्थालेनै खरिद गरि दिने भए पछि ढुक्क छन्। यहाँका धेरै किसान अहिले तोरी खेतीमा आकर्षीत मात्र छैनन् राम्रो आम्दानी गर्न पनि थालेकाछन् ।                                स्थानीय किसान लाल महम्दमियाले करिब ४ बिघा जग्गामा तोरी खेती लगाएका छन्। मियाँले भने—प्रति बिघाह १० देखि १२ मन सम्म तोरी फल्छ, अहिले मनको ७ हजारमा घरमै बिक्छ। यहाँको मुख्य पेशा भनेकै कृषि हो । स्थानिय हँडिया खोलाको नहरको पानीबाट सींचाई हुँदै आए पनि त्यो पानी डाडामा चड्न नसके पछि डाडाका खेतीका लागि वडा र नगरबाट बोरिङको व्यावस्थापन गरेका छौ, वडा नम्बर १४ का वडा अध्यक्ष बाबुलाल सुब्बाले बताए। सुब्बाका अनुसार पछिल्लो ३ बर्ष यता यहाँका खेती योग्य बाझा जग्गा भाडामा लिएर उर्भर तोरी खेतीका रूपमा परिणत भएका छन्। अन्तर्राष्ट्रिय बजारमा समेत तोरी अभाव भए पछि तोरी तेलको भाउ ह्वात्तै बढ्यो, तेसले पनि तोरी खेतीमा आकर्षण बढेको सुब्बाको बुझाई छ। कोरोना काल पश्चात् झापामा तोरी खेतीमा आकर्षण बढ्नुमा कम लगानी कम जनशक्तिबाट छोटो समयमा अन्य बाली भन्दा चौगुणा आर्थिक उपार्जन हुन थाले पछि यसको आकर्षण बढेको कृर्षि ज्ञान केन्द्र झापाका सुचना प्रमुख गणेश शिवाकोटीको ठम्याइ छ। शिवाकोटीका अनुसार यसरीनै आकर्षण बढ्दै जानेहो भने यो हिउदमा झण्डै ५ सय बिघा जग्गा झापाको तोरी खेती हुने छ। यहाँका किसानले उत्पादन गरेको तोरी बिक्रीबाट मात्र प्रत्येक बर्ष ५ देखि ७ करोड रुपैयाँ आम्दानी हुने गरेको वडा अध्यक्ष सुब्बाको भनाई छ। १ हजार घर परिवार तोरी खेतीमा लागेका छन्।                             यो क्षेत्रलाई तोरी खेतीको हवका रूपमा बिस्तार गर्दै यहाँका किशानहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको स्थानिय सरकारको लक्ष्य छ ।

२०७९ पुष ३०, शनिबार प्रकाशित 0 Minutes 484 Views

ताजा समाचार