२०८२ बैशाख २७ शनिबार

यू-१९ विश्वकप : पाकिस्तानविरूद्ध पनि ब्याटिङमा चल्न सकेनन् गुलसन झा

काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाइसकेको छ।  ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए।

दुई ओभरपछि आकास त्रिपाठी पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए। उनले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे।

यस्तै उत्तम मगर पनि ४ रनमा आउट भए। ओपनिङ ब्याटर विपिन यादव पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भए। गुलसन झा आज पनि चल्न सकेनन्। झाले १८ रन मात्र बनाउन सके। उनी ३७.२ ओभरमा आउट हुँदा नेपालले ६ विकेटको क्षतिमा १२७ रन जोडेको स्थिति थियो।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। सेतोपाटी

२०८० माघ १०, बुधबार प्रकाशित 1 Minute 184 Views

ताजा समाचार