२०८३ जेष्ठ २१ बिहीबार

यू-१९ विश्वकपअघि नेपालका कप्तान देवले भने- फ्यानबाट हामी सधैं उत्प्रेरित हुन्छौं

काठमाडौं । आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ।

१६ टीमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ।  सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसअघि नेपालले आज वेस्ट इन्डिजसँग अन्तिम वाम अप खेल खेल्दैछ।  विश्वकपअघि आइसिसीले १६ वटै टीमका कप्तानसँग कुराकानी गरेको छ। जसमा नेपालका कप्तान देव खनालले नेपालमा क्रिकेट क्रेज बढी भएको भन्दै नेपाली समर्थकको प्रशंसा गरे।

‘नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा छ। हामीसँग नेपालमा ठूलो फ्यानबेस छ र उहाँहरूको कारणले गर्दा हामी सधैं उत्प्रेरित हुन्छौं। क्रिकेट क्रेज बेजोड छ। हामी खेलाडीको रुपमा जितेर खुशी दिन चाहन्छौँ,’ उनले आइसिसीसँग भनेका छन्।

यस्तै उनले अरु १५ टीमका कप्तानसँग भेट्दा धेरै खुशी लागेको तथा दक्षिण अफ्रिकाका बलर एनरिच नोर्कियासँग भेटेर उनको अनुभव सुनेको पनि बताए। उनले आपफून विश्वकपमा देशको कप्तानी गर्नका लागि उत्साहित भएको पनि बताए।

एक साताअघि नै दक्षिण अफ्रिका पुगेको नेपालले दुई वटा अनौपचारिक र एक औपचारिक अभ्यास खेल खेलिसकेको छ। तीनै खेलमा नेपाल विजयी भएको छ। नेपालले अनौपचारिक खेलमा नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो।

शनिबार भएको औपचारिक खेलमा नेपालले डिएलएस मेथडमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो।  नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टीम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी, आकाश चन्द । सेतोपाटी

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।