२०८१ जेष्ठ ५ शनिबार

एकै खेलमा सुदूरपश्चिमका तीन ब्याटरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका तीन ब्याटरले एकै खेलमा अर्धशतक प्रहार गरेका छन्।

भैरहवामा मंगलबार कर्णाली प्रदेशविरूद्ध सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरेका हुन्। टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो।

जसमा टेकले ५९ रन बनाउने क्रममा ९१ बलमा ७ चौका प्रहार गरे। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रनको योगदान गरे। यस्तै मध्यक्रमका ब्याट्सम्यान किरणले रनआउट हुनुअघि ५० रन जोडे।

तीन खेलाडीको अर्धशतक तथा नारायण जोशीले १२ बलमा १ चौका ३ छक्काको मद्दतमा नटआउट ३१ रन जोडेको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन जोडेको छ।

बलिङमा कर्णालीका दिनेश अधिकारी, उनेश सिंह, प्रकाश जैसी र दिपेन्द्र रावतले १-१ विकेट लिए। सेतोपाटी

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 95 Views

ताजा समाचार