२०८१ जेष्ठ ५ शनिबार

टाइगर कप भलिबल : महिलातर्फ गण्डकी नेपाल पुलिससँग पराजित

पोखरा । पोखरामा जारी चौथो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश पराजित भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश विभागीय टीम नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।  गण्डकी प्रदेशको टीमलाई राष्ट्रिय टीमको कप्तानी सम्हालिरहेकी अरुणा शाहीले नेतृत्व लिएकी छन् ।

तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेट नेपाल पुलिस क्लबसँग २५-१० र २५-०९ ले पराजित हुन पुग्यो । लगातार २ सेट गुमाएको गण्डकी तेस्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि पुनरागमन गर्न सकेन ।

अन्ततः २५-१६ सेटमा चित्त बुझाउँदै सोझो सेटमा पराजित हुन पुगेको हो । यो जीतसँगै ग्रुप ‘बी’ अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले तीन अंक हात पारेको छ । लिगकम नकआउटका आधारमा भइरहेको प्रतियोगितामा नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिसले आफ्नो पहिलो खेल आइतबार अर्को विभागीय टीम एपीएफ क्लबसँग ३-१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समूहमा एपीएफ २ अंकका साथ दोस्रो स्थानमा छ ।

जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपीएफ, गण्डकी र पुलिस छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड र हरियाना टीम भारत छन्  । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टीमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् । अनलाइन खबर

२०८० माघ २, मंगलवार प्रकाशित 1 Minute 70 Views

ताजा समाचार