२०८१ बैशाख १२ बुधबार

हात्ती प्रभावित क्षेत्रका जनता र सराेकारवालासँग छलफल

मेचीनगर । नेपाल सरकारको एक टोली हात्ती आतङ्क प्रभावित क्षेत्रहरूको अध्ययान, अवलोकन, र परामर्शमा निस्किएको छ । यसै क्रममा झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरका जनप्रतिनिधि र सरोकारवाला संग भेटेको छ । झापाकै मुख्य हात्ती प्रभावित बाहुण्ँडागी लगाएतका स्थानमा पुगेको हो । नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका यहाँ आएको हो ।

टोलीले मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती प्रभावित क्षेत्र, बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगाएतका स्थानकको अवलोकन र छलफल गरेका छन् । झापा प्रभावित क्षेत्र पर्ने भएकाले दिगो समाधानका बिषयमा सवै एक जुट भएर लाग्नुपर्नेमा जोड दिइएको थियो ।

छलफलमा नगर प्रमुख गोपालचन्द्र वुढाथोकीले भारतबाट आउने हात्ती नाकामै छेकेर जनताको जिउधनको सुरक्षा गर्नु नगरको प्रमुख दाहित्व रहेको बताए । ‘हात्तीको पिडाबाट नागरिक प्रभावित हुन नदिन हामीले दिर्घाकालिन उपाय अपनाउनुपर्छ’ । नगर प्रमुख वुढाथोकीले भने-‘ केन्द्र प्रदेश र स्थानिय सरकारको बिचको सहकार्यले मात्र हात्ती आतङ्क न्यूनिकरणको दिर्घाकालिन समाधान निकाल्न सकिन्छ ।’

हात्तीको लागि पनि उचित आहाराको व्यवस्थापन, बन निति, क्षेतिपुर्तीको व्यवस्थालगायतका बिषयमा संघ र स्थानीय सरकार बिच अनिवार्य सहकार्य आवश्यक रहेको उनले बताए ।

छलफल कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती, बन मन्त्रालय भू-संरक्ष विभागका उपमहानिर्देशक नवराज पुडासैनी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की, डिभिजन वन कार्यलय झापाका निमित्त प्रमुख जिवन प्रसाद पाठक, मेचीनगर वडा नम्वर ४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर वडा नम्वर ९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र काकी, आरपीपी बाहुनडाँगीका संयोजक न्यूटन कार्की लगायतले धारण व्यक्त गरेका थिए ।

२०७९ पुष २८, बिहीबार प्रकाशित 1 Minute 170 Views

ताजा समाचार