
काठमाडौं । एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण अर्धशतकीय पारी खेलेका हुन् ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्याएका थिए । सन्दीप हाल ७४ बलमा ६१ रन बनाउँदै खेलिरहेका छन् । अनलाइन खबर
२०८० पुष २९, आईतवार प्रकाशित
1 Minute
139 Views