२०८१ बैशाख १४ शुक्रबार

रिदम नेपालका अध्यक्षलाई पितृशोक

मेचीनगर, २८ पुस । मेचीनगर-९ खुट्टीडाँगी क्षेत्रका पुराना अगुवा कृषक खड्ग बहादुर रोक्काको ९० वर्षको उमेरमा विहीबार निधन भएको छ ।

रिदम नेपाल क्लब मेचीनगरका अध्यक्ष तथा नेपाली कांग्रेस वडा नं ९ का वडा उपसभापति रुद्र रोक्काका बुवा खड्ग बहादुरको आज विहान ४ः३० बजे निधन भएको हो । उनी लामो समयदेखि दम रोग तथा प्रेसरबाट थलिएका थिए । परिवारले लामो समयदेखि उपचार गर्दै आएको थियो । तर, रोगले झन् गाँज्दै गएपछि उनलाई बचाउन सकिएन ।

२०२२ सालमा मेचीनगर आएर रोक्काले खेतीपाती सुरु गरेका थिए । त्यसबेला उनी यस क्षेत्रका एक्का कृषक थिए । पछि विस्तारै मानव बस्ती बस्न थाल्यो र अरुले पनि कृषि पेशा सुरु गरेको इतिहास छ ।

मृतक खड्गबहादुरका एक श्रीमती र दुई छोरा छन् । श्रीमती गंगादेवी रोक्का सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय छिन् । छोरा रुद्र रोक्का पनि सामाजिक कर्ममा सक्रिय भएर लागेका छन् । छोरा रुद्र र बुहारी निलु तथा शिव र बुहारी अन्जु रोक्कासहित नाती नातिनी १४ जना तथा पनाती ४ जना छन् । मृतक खड्ग बहादुर रोक्काको विहीबार नै धुलाबारी रामघाटमा अन्त्येष्टि गरिएको छ ।

२०७९ पुष २८, बिहीबार प्रकाशित 1 Minute 586 Views

ताजा समाचार