२०८१ असार २९ शनिबार

रुसी सेनामा भर्ती भएका प्युठानका सोनुको मृत्यु

खलङ्गा । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।

मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन्। निजले नै उनको मृत्युको खबर दिएका हुन्।

प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए। नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिने थापाले बताए।

छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताए। उनका अनुसार २ वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए।

२०८० पुष २६, बिहीबार प्रकाशित 0 Minutes 114 Views

ताजा समाचार