झापा । ओपनर अंकित सुवेदीको कप्तानीमा कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । तीव्र गतिका बलिङ अलराउन्डर फिर्दोस अन्सारीले उप–कप्तानको जिम्मेवारी पाएका छन् । कोशीको टोलीमा सोनु अन्सारी विष्फोटक ब्याटरको रुपमा टोलीमा छन् ।
पछिल्लो समय नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा नेट बलरको रुपमा रहँदै आएका कमल खत्री पनि टोलीमा अटाएका छन् ।
यू–१९ विश्वकपको कारण दीपेश कँडेल भने टोलीमा हुने छैनन् । पिएमकप शनिबार देखी सुरु हुनेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी १० टोली हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
कोशीको टोली :
अंकित सुवेदी (कप्तान), फिर्दोस अन्सारी (उप–कप्तान), सोनु अन्सारी, मिनास थापा(विकेटकिपर), आइस भट्टराई, सुजन थपलिया, सुमन गहतराज, समिर कार्की, सोनु मण्डल, कमल खत्री, हेमन राई, भुपाल लुइटेल, अभियास तिम्सिना र सौजन घिमिरे ।
वैकल्पिक खेलाडी : दीपक राज जोशी, भुपाल डंगोल, सौगात भट्टराई र अश्वीन कामत ।
टिम प्रशिक्षक : पुष्प थापा
व्यवस्थापक : सुरेश गुरागाई
एनालिष्ट : विनित बास्तोला ।
(हाम्रो खेलकुद)